यसकारण ओर्लिए नेपालगन्जका उद्योगी ब्यवसायीहरु सडकमा

काठमाडाैँ, नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले सडकमा प्रर्दशन गरेको छ । आज अब्यवहारीक निति नियम कानुनको बिरोधमा ब्यवसायी एकता भन्दै सडकमा पर्दशन गरिएको हो ।

नेपालगन्ज त्रिभुवन चोकबाट सुरु भएको र्याली बिपीचोक,आन्तरीक राजश्व कार्यालय गणेशमान चोक हुदै जिल्ला प्रशासन कार्यलयमा पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आफना मागहरु यथा सिघ्र पुरा गर्नु पर्ने बताएका थिए ।

अध्यक्ष बैश्यले अब्यवहारीक निति तथा कानुनले उद्योगी तथा ब्यवसायीहरुलाई निरत्साहीत बनाएको भन्दै यसलाई तत्काल सच्याउन आग्रह गरे । नसच्याए अान्दाेल जारी रहने समेत जानकारी दिए । 

प्रर्दशनमा बिभिन्न क्षेत्रका ब्यवसायीहरुको सहभागीता रहेको थियो ।