विपन्न परिवारले पाए फलफूलका बिरुवा
प्रकासित मिति : २०७६ असार २८, शनिबार १७:५२
प्रकासित समय : १७:५२
जाजरकोट, कुशे गाउँपालिका ८ मालुतरा मा रहेका ५० जना गरिब कृषकलाई १० हजार फलफुलको बिरुवा वितरण गरिएको छ ।
कुशे गाउँपालिकामा कृषि ज्ञान केन्द्र मार्फत जाजरकोटका स्थानीय तहमा सबै भन्दा गरिब रहेको स्थानीय तहमा फलफुलका विरुवा वितरण गर्ने लक्ष्य अनुसार जिल्लाका विभिन्न ठाउँमा वितरण गरिएको हाे ।
कुशे गाउँपालिका वडा ८ का ५० जना कृषक लाई ३५ सय कागती १ हजार सुन्तला २५ सय टिमुर र जुनार २८ सय बिरुवा फलफूल बिरुवा बितरण गरेको छ ।
गरिब कृषकलाई आर्थिक स्थिति लाई माथी उठाउन र व्यावसायिक रूपमा बिकास गर्नको लागि यो कार्यक्रम लागु भएको हो कृषि बिकास शाखा प्राबिधिक धीरेन्द्र बस्नेतले जानकारी दिए