बाढी पहिरोका कारण ३० को मृत्यु, १८ जना वेपत्ता
काठमाडौं, अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्।
बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ। यो स्थानीय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेबाट उद्धार गरिएकाको संयुक्त संख्या हो। बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ।
बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाडौं उपत्यकामा ८ हजार ८५६ जना खटिएका छन्। प्रदेश नं १ मा ६ हजार ३०५ जना, प्रदेश नं २ मा ५ हजार ७०२ जना, प्रदेश नं ३ मा ३ हजार ४०५ जना, कर्णाली प्रदेशमा ३ हजार ११२ जना गरी २७ हजार ३८० प्रहरी कर्मचारीहरु परिचालित रहेका छन्। विभिन्न स्थानमा भएको बाटो अवरोाध समेत प्रहरीले हटाउने कार्य गरिरहेको नेपाल प्रहरीले जनाएको छ।
यस्ताे छ मृतकहरुको संख्या
बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको हो।
घाइतेको संख्या
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन्।
बेपत्ताको संख्या
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १८ जना बेपत्ता भएका छन्।