गाउँगाउँमा भिजिलान्ते परिचालन गरेको भन्दै नेकपा जाजरकोटद्धारा आपती
प्रकासित मिति : २०७६ असार २७, शुक्रबार १७:५२
प्रकासित समय : १७:५२
जाजरकाेट,बिप्लव नेतृत्वको नेकपा जाजरकोटले सरकार र सत्ताधारी नेकपाले गाउँगाउँमा भिजलान्ते परिचालन गरेको भन्दै आपति जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै नेकपा जाजरकोटले आपति जनाएको हो ।
आफना सर्मथक तथा शुुभचिन्तकहरुलाई त्रसित बनाउन पुर्व एमालेका युवासंघ जाजरकोटका अध्यक्ष डिएन शाहीको नेतृत्वमा टिम प्रयोग गरिएको भन्दै आपती जनाएको छ ।
बिज्ञप्तिमा नेकपा जाजरकोटका इन्चार्ज प्रेमप्रकाश वलि धमिलले राजनितिक आस्था राख्ने पाउने नैसर्गिक अधिकार भएको भन्दै त्यस्तो हर्कत तत्काल रोक्न आग्रह गरेका छन । वलिले बिज्ञप्तीमा भनेका छन नरोके इटाको जवाफ पत्थरले दिने दिने समेत बताएका छन ।
यस्ताे छ बिज्ञप्ति जस्ताकाे तस्तै

तर युवासंघ जाजरकाेटका पुर्व अध्यक्ष डिएन शाहीले भने त्याे कुरा ठाडै इन्कार गरेका छन । उनले अाफुले त्यस्ताे नगरेकाे दावी गरेका छन ।

