यसरी चिप्लियो यति एयरलाइन्सको विमान विमानस्थलको धावनमार्गबाट

काठमाडौं,नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो ।

विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिए । उनले यात्रुलाई सकुशल बाहिर निकालिएको बताए ।

विमान चिप्लिएपछि विमानस्थलमा विमानहरुको उडान र अवतरण प्रभावित भएको छ ।

तस्विर पुर्ण डाँगिकाे फेसुबकवालबाट