अखिल (क्रान्तिकारी) नवलपरासी अध्यक्ष भण्डारी गिरफ्तार

काठमाडौं : नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) नेतृ तथा नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार नवलपरासीबाट प्रहरीले गिरफ्तार गरेको छ ।

बुधबार साझ तिर उनलाई वाटोमा हिडिरहेको अवस्थामा गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको बताइएकाे छ । भण्डारी कपिलवस्तु स्थाई घर भएकी भण्डारी लामो समय देखी बिद्यार्थी आन्दोलनकी क्रियासिल नेतृ हुन् ।

वाटोमा हिडिरहेको अबस्थामा प्रहरीले गिरफ्तार गरेर लगेको संगठनका केन्द्रीय सचिबालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिती संयोजक बिरेन्द्र बिकले कुसेन्युज लाई जानकारी दिए ।

संयाेजक बिकले एक बिज्ञप्ति जारी गर्दै भण्डारीलाइ तत्काल रिहा नगरे कडा संघर्षमा जाने बताएका छन । 

यस्ताे छ बिज्ञप्ति