भोजपुरमा प्रहरी-विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त,दुई जनाको मृत्यु
काठमाडौं , भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीकाे दाेहाेराे भिडन्त हुदा २ जनाकाे मृत्यु भएकाे छ । भिडन्तमा बिप्लव नेकपाको गोली लागेर एक प्रहरी जवान र प्रहरीको गाेलि लागेर बिप्लव नेकपाका एक कार्यकर्ताकाे मृत्यु भएको हाे ।
सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठ बजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो। प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ। विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए।
थापाकाअनुसार जवाफी फायरिङमा विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ। मृत्यु हने विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राई रहेको खुलेको छ।
प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको जानकारी दिएको छ। भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदेश एकको केन्द्रबाटसमेत प्रहरी घटनास्थलतर्फ गइरहेको छ।
गत फागुनमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएपछि विभिन्न हिंसात्मक घटना हुँदै आएका छन्। सरकारले विप्लवका कार्यकर्तालाई उच्च निगरानी राखेको छ।
मृतक दुवैको शव अहिले जिल्ला अस्पताल भोजपुरमा राखिएकाे छ ।

