दाउराले हानेर भतिजले गरे काकाको हत्या
प्रकासित मिति : २०७६ असार २५, बुधबार १५:५६
प्रकासित समय : १५:५६
जाजरकोट, जाजरकोटको कुदुमा गएराति विभत्स हत्या भएकाे छ । जिल्लाकाे भेरी नगरपालिका वार्ड नं. १३ कुदुमा यस्तो घटना भएको हो ।
कुदुमा गएराति करिव १:४५ बजे एक भतिजले काकालाइृ दाउराले हानेर हत्या गरेका प्रहरीले बताएकाे छ । ३५ वर्षका भतिज मानबहादुर सुनारले दाउराले हानेर ४५ वर्षीय काका मोहन सुनारको हत्या गरेका हुन् ।
प्रहरी निरिक्षक केशर कार्रकीले काकाको हत्या गर्ने मानबहादुर सुनारलाइृ गिरफ्तार गरिसकेको र घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएका छन ।
हत्या गरिएका मोहन सुनारको शव अहिले जिल्ला अस्पताल खलंगामा राखिएको छ