गेरुवा गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समुहद्धारा आगजनी
प्रकासित मिति : २०७६ असार २४, मंगलवार १०:०५
प्रकासित समय : १०:०५
बर्दिया , बर्दियाको गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती अज्ञात समुहले आगजनी गर्दा कार्यालयमा रहेका सम्पूर्ण कागजात सहितका सामानहरु जलेर नष्ट भएका छन् ।
वडा कार्यालयमा आगजनी गरिएको सुचना पाए लगत्तै प्रहरीको टोली घटना स्थल पुगेको थियो । आगो नियन्त्रण लिने क्रममा वडा कार्यालय रहेको घरको छत खसेपछि एक प्रहरी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी निरिक्षक यम बहादुर मल्ल रहेका छन् ।
घाइते प्रहरी निरिक्षक मल्लको बांकेको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रहरी उपरिक्षक मदनजित महराले जानकारि दिएका छन् ।
घटना कस्ले र किन गराएको हो भन्ने कारण खुल्न नसके पनि घटनामा विप्लव नेतूत्वको नेकपाको हात रहेको आशंका गरिएको छ ।