हिरासतको ग्रिल उप्काएर भागे तीन थुनुवा
प्रकासित मिति : २०७६ असार २४, मंगलवार ११:०१
प्रकासित समय : ११:०१
काठमाडाैँ,ललितपुरको भैँसपाटी प्रहरी प्रभागबाट हिरासतको ग्रिल उप्काएर तीन थुनुवा भागेका छन् । सोमबार राति चोरी–डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् ।
ललितपुर प्रहरीका अनुसार ग्रिल उप्काएर भागेका अभियुक्तहरुको खोजी भइरहेको छ । फरार अभियुक्तको परिचय खुलाइएको छैन् ।