विप्लव नेकपाले गर्यो जाजरकोटका बिभिन्न स्थानीय तहमा तालावन्दी

जाजरकोट ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जाजरकोटका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । नेकपाले जिल्लाका नगर र गाउँ तथा वडा कार्यालयमा आइतबार राति तालाबन्दी गरेको हो ।

जिल्लाका नलगाड नगरपालिकाका १ देखि १३ , कुशे गाउपालिका ७,८, त्यस्तै  भेरी नगरपालिका र बारेकोट गाउँपालिकाका छेडागाड नगरपालिका ,जुनिचाँदे गाउँपालिकाका  बिभिन्न वडा कार्यालयमा तालाबन्दी गरिएको बताइएको छ । तालाबन्दी गरिएपछि स्थानीय जनप्रतिनिध अचम्मित भएका छन् ।

तालाबन्दी गरिएका कार्यालय क्षेत्रमा विप्लव नेतृत्वको नेकपाले भेरी कर्णाली ब्युरो लेखेको अपिल पत्र छोडेको थियो । सरकारले आफ्ना नेता कार्यकर्तामाथी धरपकड, पक्राउ गरेर हत्या र स्थानीय तहले भ्रष्टाचार गरेको कारण तालाबन्दी गरेको जनाएको छ ।

नेकपा जाजरकोटका इन्चार्ज प्रेमप्रकाश वलि धमिलका अनुसार  सबै स्थानीय तहका कार्यालय एवं वडामा लगाएको तालाबन्दीको जिम्मा लिएको छ । केपी सरकारले ‘राष्ट्रवादी शक्तिमाथी सरकारले दमन गरिरहेको छ, इन्चार्ज धमिलले भने, ‘त्यसको विरुद्धमा हाम्रो स्थानीय सरकारमाथि चेतावनी स्वरुप तालाबन्दी गरिएको हो ।’

इन्चार्ज वलिले स्थानीय तह जनताको काम भन्दा पनि आर्थिक अनियमिता तर्फ उन्मुख भएको आरोप लगाए । नेकपा विप्लवले आफ्ना नेता, कार्यकर्तामाथि गरिने दमन रोक्नसमेत माग गरेको छ ।

 यस्तो देखियो पर्चा