कस्तुरीको बिनासहित पूर्वमन्त्रीका अङ्गरक्षक पक्राउ
काठमाडौः प्रतिबन्धित कस्तुरीको बिना सहित पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ गरेका छन्।
महानगरीय कार्यालय रानीपोखरीको टोलीले हवल्दार बमबहादुर चन्दलाई आइतबार साँझ पक्राउ गरेको कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेष्टबाट पक्राउ परेका हुन्। ‘प्रतिबन्धित कस्तुरीको बिना सहित पक्राउ गरेका हौँ। थप अनुसन्धान भइरहेको छ,’ उनले भने।
सुरक्षा सेवा निर्देशनालयले खटाएपछि दैलेख घर भएका ३५ वर्षीय हवल्दार चन्द केही समयदेखि ने क पाका राष्ट्रियसभा संसदीय दलका नेतासमेत रहेका पूर्वमन्त्री शर्माको पिएसओ रूपमा कार्यरत रहेका थिए। प्रहरीले उनीसँगै अन्य छ जनालाई समेत पक्राउ गरेको छ। ‘हाम्रो टोलीलाई विशेष सूचना आएको थियो। फलो गर्दै जाँदा सङ्गठनका कर्मचारी नै भेटिए,’ एसएसपी ज्ञवालीले भने।