गाउँपालिकाबाट निशुल्क सोलार सेट र चुलो पाउँदा मख्ख स्थानिय… !

कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले निशुल्क सोलार सेट र चुलो वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रकाे पूर्ण अनुदानमा सोलार सेट र गाउँपालिकाकै पहलमा  आधुनिक फलामे चुलो बितरण गरेको हो ।

उज्यालो र धुवाँमुक्त गाँउपालिका निर्माणको शिलशिलामा आज सोलार र चुलाे बितरण गरेकाे पचालझरना गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए । 

सेजुवालका अनुसार निशुल्क सोलार सेट पाएपछि पचालझरनाबासी खुसी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका कालिकोटका पचालझरनाबासी पहिलो पल्ट सोलार पाउँदा निक्कै खुसी भएको बताए । रातीमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुग्नेछ अध्यक्ष सेजुवालले भने  बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य पचालझरनाबासी अब अँध्याराे मुक्त हुनेछन  ।

गाउँपालकिाको ९ वटै वडामा ५५ वाटको सोलार सेट बितरण गरिएको छ भने । वडा नं १ देखि ५ सम्मा ठुलो चुलाे  १०३ र पोटेबेल २२६ गरि जम्मा साढे ३ सय चुलो बितरण गरिएको अध्यक्ष सेजुवालले जानकारी दिए  ।

धुवाँमुक्त,उज्यालो र समृद्भ पचालझरना आफ्नो सपना भएकाे भन्दै यसलाइ  पुरा गर्न लागिपरेकाे बताए । अध्यक्ष सेजुवालले चुलाे र साेलार सेट जनताको आबश्यक्ता हेरि बितरण गरिएको बताए । बत्ति नहुँदा टुकी, दियालो र मैनबत्तिको साहारामा पढ्न बाध्य यहाँका समुदाय बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने अध्यक्ष सेजुवालको भनाइ छ।