प्रधानमन्त्री ओलीलाई लाग्यो झाडा पखाला !
  प्रकासित मिति : २०७६ असार १८, बुधबार १३:१० 
प्रकासित समय : १३:१०
                                    
															काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई झाडा पखाला लागेको र प्राथामिक उपचारसहित सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री अस्वस्थ्य भएका कारण सार्वजनिक कार्यक्रम, राजनीतिक भेटघाट र सिंहदरबारस्थित कार्यालयका सबै दैनिक काम स्थगन गरी आराम गरिरहेको बालुवाटार स्रोतले जनायो ।


 
																					