विप्लवका प्रखर नेता नरबहादुर कार्की रिहा
प्रकासित मिति : २०७६ असार १७, मंगलवार १०:४९
प्रकासित समय : १०:४९
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रखर नेता नरबहादुर कार्की रिहा भएका छन् । सोमबार उनी काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले असार ९ गते सोमबार साँझ कार्कीलाई बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्की नेताका अलवा मोटिभेसन स्पिकरका रूपमा चर्चित छन् । उनी रेखा थापा निर्देशित मालिकाका कथाकार एवं कार्यकारी निर्माता समेत हुन् ।

