जाजरकोटमा कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न, बदला लिने दावी

जाजरकाेट , नेपाल कम्युनिस्ट पार्टी जाजरकाेटले असार ५ गते सर्लाहीमा मारिएका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुसहित श्रद्धाञ्जली सभा सम्पन्न गरेको हाे ।

कार्यक्रममा बाेल्दै जाजरकाेटका इन्चार्ज प्रेमप्रकाश वलि धमिलले  ५ गते झुठो मुठभेटको नाटक गरेर हत्या गरिएका सर्लाहीका इन्चार्ज कुमार पौडेल, भोजपुरमा हत्या गरिएका तिर्थ घिमिरेको रगतले यो दलाल पुँजीवादी सत्ताको जरा हल्लाउन सुरु गरेको बताए  । उनले ब्यक्ति हत्यामा उत्रिएको सामाजिक फासिवादी सरकारको दमनबिरुद्ध आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रने बताए ।

कार्क्रममा बाेल्दै जिल्ला इन्चार्ज धमिलले शहिदका सपना पूरा गर्न पुर्ण रूपले बलिदान गर्न तयार भएको बताए ।’ उनले अबको क्रान्तिमा आवश्यकता अनुसार हतियारको प्रयोग त हुने नै छ तर त्यो सकेसम्म सेना र प्रहरीको विरुद्ध हुने छैन भन्दै ओलीले जनताको अधिकार प्राप्तिका लागि लडिरहने बताए ।

नेपाल कम्युनिस्ट पार्टी का जिल्ला ईन्चार्ज प्रेम प्रकाश वलि धमिल प्रमुख अर्थिति र जिल्ला सेक्रेटरी क राजकुमार राई अध्यक्ष र सञ्चालन धबेन्द्र अनि मन्तब्य एरिया नं १ का सेक्रेटरी नवीन र एरिया न २ का ईञ्चार्ज धनजित बिकले गरेका गरेका थिए ।