एकैछिन ! नजर घुमाउनुस र पुग्नुस बारेकोट (फोटो फिचर)
जाजरकाेट । जाजरकोटको बारेकोट गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हाे । हालसम्म सडक सञ्जालले नछाेएकाे बारेकाेट गाँउपालिकालाइ पूर्वमा डोल्पा, दक्षिणमा त्रिवेणी नलगाड नगरपालिका, उतरमा जुम्ला र पश्चिममा कुशे गाँउपालिकाले घेरेको छ । करिब १८०८३ जनसंख्या रहेको बारेकोटले आफनै पहिचान बाेकेको छ ।

बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको उत्तर पूर्वमा रहेको गाउँपालिका हो । स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत साधन, पर्यटनको प्रचुर संभावना, जल तथा जडिबुटीको पर्याप्तता यस क्षेत्रको मुख्य विशेषता हो । धार्मिक, साँस्कृतिक,प्राकृतिक बिबिधताले भरिपूर्ण याे क्षेत्र नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना छ । जटील तर सुन्दर प्राकृतिक भूबनाेटले बारेकाेटलाइ छुट्टै अाकर्षण थपेकाे छ ।
त्रिवेणी नलगाडबाट निकै डरलाग्दाे अक्करे भिर पार गरेपछि देखिने बारेकाेट सुन्दर उपत्यका जस्तै देखिन्छ । भिरालाे बाटाे काट्दा जिउ नै सिरिङ सिरिङ हुने यात्रा बारेकाेट प्रवेश गरेपछि छुट्टै अानन्दकाे अनभूति हुन्छ । यहाँकाे जटील सामाजिक जीवन र धार्मिक परम्परा अर्काे अाकर्षण हाे ।
उत्तरमा बेलासपुर (रमका) हिमाल, चाखुरे पाटन र ठाकुरजी पाटन प्रचुर पर्यटकीय सम्भावना बाेकेका क्षेत्र हुन् । बन्दै गरेकाे नलगाड जलविद्धुत अायाेजनाकाे मुहान नै यसै बारेकाेटमा पर्दछ । कस्तुरी, डाँफे, रेडपाण्डा लगायत थुप्रै दुर्लभ वन्यजन्तु र यार्सागुम्बासहितका थुप्रै बहुमुल्य जडिबुटीकाे खानीका रूपमा याे क्षेत्रलाइ लिइन्छ ।
यस्ता छन बारेकाेटका केही दृष्यहरू :

१.

२.

३.

४.

५.

६.

७.

८.

९.

१०.

११.

१२.

१३.

१४.

१५.

१६.

१७.

१७.

१८.

१९.

१९.

२०.

२१.

२२.

Related Posts
-
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले वैज्ञानिक समाजवादी कार्यक्रम सार्वजनिक गरेको छ । -
पुन:संगठित हुँदै जनमुक्ति सेना, १७ सदस्यीय संयोजन समिति गठन
काठमाडौँ । पूर्व जनमुक्ति सेना नेपालका योद्धाहरूले दाङको संग्राम व्यारेकमा भव्य कार्यक्रमसहित २४औँ जनमुक्ति

