नेकपा अध्यक्ष प्रचण्ड र काग्रेश सभापती देउवाबीच भेटवार्ता
प्रकासित मिति : २०७६ असार १२, बिहीबार २१:४१
प्रकासित समय : २१:४१
काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ ।
ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको देउवा बताइएको छ ।
केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो । सोही अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा शान्ति प्रक्रियाका वाँकी कामलाई टुंगोमा पुर्याउन उच्चस्तरीय राजनीतिक समझदारीका साथ अघि बढने कुरामा सकारात्मक छलफल भएको स्रोतले बतायो । प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको छलफल अनुसार काँग्रेस सभापति देउवासँग प्रचण्डको छलफल भएको हो ।