‘पचाल झरना’ देशकै पर्यटकीय गन्तव्यको केन्द्रबिन्दुको रुपमा स्थापित हुदै
काटिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले आफ्नो गाउँपालिकालाई देशकै पर्यटकिय केन्द्रबिन्दुको रुपमा स्थापित गरिने वताएका छन् ।
गाउँपालिकाको चौथोँ गाउँसभामा आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सेजुवाले देशकै १०० पर्यटकिय गन्तव्यको पर्न सफल भएको झर्नालाई पर्यटकिय गन्तव्यको रुपमा विकाश र प्रचारप्रसार गर्नको लागी पचाल झरनाको छुट्टै गुरुयोजना वनाएर लागु गरिने वताए ।
साथै ३८१ मिटर अग्लो झरना ‘पचाल झरनाको नामवाट गाउँपालीकाको नामाकरण हुनु आफैमा गौरबको विषय भएको पनि अध्यक्ष सेजुवालले वताए ।
पचाल झरना पछिल्लो समय पत्ता लागेको नेपालकै अग्लो झरना हो । यो भन्दा पहिले यस्को अौपाचरिक नाप लिएको थिएन् । स्थानिय सरकार वने संगै स्थानिय सरकारकै पहलमा यसको नाप लिएको हो । यसको लम्वाई ३८१ मिटर रहेको गाउँपालिका अध्यक्ष सेजुवालले जानकारी दिए ।
हाल यो झरना हाल सरकारले घोषणा गरेको देशका १०० पर्यटकिय गन्तव्यमा ६४ अौ स्थानमा छ । यस अघी नेपालको सबैभन्दा अग्लो मानिएको तेर्हथुमको हयातुङ् झरनाको उचाई ३६५ मिटर मात्र छ । तर हयातुङ झरनाको भन्दा यस्को उचाई १६ मिटर बढी छ ।
वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । हाल झरनाको प्रचारप्रसार बढे संगै झरना हेर्न आउने पर्यटकको संख्या दिन प्रतिदिन बढदो छ ।
झरना हेर्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मध्यनजर गर्दै सडक, होमस्टेहरु सन्चालन गरिनुका साथै झरना लाई थप प्रचारप्रसार, विकाश र व्यवस्थित गर्दै देशकै नमुना पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरिने गाउँपालिका अध्यक्ष सेजुवालले वताए ।

पचाल झरना

