नेपालगञ्जमा वर्षाले सिमा नाघ्याे, सतर्क रहन अपील

नेपालगञ्ज,बाँके लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले आईतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । नेपालगन्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको र वर्षा हुने क्रम जारी भएकाले सबैलाई सर्तक रहन आग्रह गरिएको हो ।

चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स-साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिईएको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले नेपालगन्ज उपमहानगरपालिकाको होचा स्थानहरुमा पनि डुवान हुनसक्ने तर्फ सचेत बनाएको छ ।