४० लाख आवादिको भारतको छैटौं ठूलो सहर चेन्नईमा पानीको हाहाकार

एजेन्सी, पानी भर्नको लागि लामो लामो लाइनले चेन्नइको पानीको समस्या उजागर गर्छ ।

त्यहाँ पानीको लागि उभिएका मानिसबीच झडपका खबर पनि आइरहेका छन् । पानी अभावका कारण मानिसले नुहाउन पाएका छैनन् भने होटल, रेस्टुरेण्टले समेत उपभोक्तालाई सिमित मात्र पानी उपभोग गर्न दिइरहेका छन् ।

चेन्नई भारतको छैठो सबैभन्दा ठूलो सहर चेन्नईको अवस्था हो यो । सहरका सार्वजनिक प्रयोगका लागि प्रयोग हुने जलाशय सुकेपछि यस्तो अवस्था निम्तिएको हो ।
पानीको यस संकटको कारण अब ४० लाख जनसंख्या रहेको चेन्नई सहरको एक मात्र भरोसा सरकारले ट्याकंरमा बाढ्ने पानी ट्याकंर बन्न पुगेको छ ।

केही मानिस ठूलो मुल्य चुकाएर पानी ट्याकरलाई आफ्नो घरमा बोलाउँछन् । अत्यधिक मागका कारण यी ट्याकर पुग्न चार दिनसम्म लाग्न सक्छ ।

केही स्थानमा मानिस इनारबाट पानी निकाल्ने कासिस गरिरहेका छन् तर पानी जमिनको यति तल गइसकेको छ कि इनारमा पनि पानी आउन छाडेको छ ।

पानीको अभाव सहरका सबै स्थानमा देखिन्छ । यो पटकको पानीको अभाव मनसुन आउन भएका ढिलाईले गर्दा पनि यति कडा भएको हो ।
समस्याको कारण साना रेस्टुरेण्ट बन्द गरिन थालेको छ भने केही कार्यलयमा घरबाटै काम गर्ने व्यवस्था गरिन थालेको छ । सहरको मेट्रो प्रणालीले पानी बचाउन सकियोस् भनेर आफ्नो स्टेशनमा एयर कण्डीशनिङको उपभोग पनि बन्द गरिदिएको छ ।

१९० दिनपछिको वर्षाले खुसीको माहोल

शुक्रबार चेन्नईमा पानीको छिटा छाटी हान्दा पनि खुसी को माहोल देखियो । मानिसको खुसी समाजिक संजालमा शेयर गरिरहेका छन् । हुन पनि चेन्नईमा शुक्रबार भएको वर्षा १९० दिनपछि भएको हो ।

स्थानीय एक रेडियो स्टेसनकी प्रस्तोता जोहाका अनुसार यस पटक देखिएको वर्षाको ढिलाई १० वर्ष यताकै उच्च हो । ए’मानिसहरु केही लिटर पानीको लागि हजारौं रुपैया खर्च गर्न तयार छन् तर पनि पानी किन्न पाइएको छैन । यसैले सपिङ मल बन्द भइरहेका छन् । सार्वजनिक शौचालय र अन्य सेवामाथि असर परिरहेको छ । यी सबको समाधान वर्षा नै हो, जुन हामी आसा मात्र गर्न सछौं ,’ जोहाले भनिन् ।

शहरका कयैन स्थानमा पानीका लाइनमा उभिएका मानिसबीच झडप भएको खबर आएको छ ।

सहरका बासिन्दा राज सिंहनले विगत कहिले पनि पानीको यस्तो लाइन कहिले नदेखेको बताए ।

अर्का एक सहरबासी अक्षय खानासम्बन्धी ब्लग लेख्छन् । उनका अनुसार हरदिन महङ्गो हुदै गएको पानी अब किन्नै नसकिने अवस्थामा पुगेको छ ।

‘ होटल र रेस्टुरेण्टमा पनि पानी बाँकी छैन । त्यहाँ अहिले दिदै गरिएको पानी स्वास्थको हिसाबमा स्वस्थबर्दक होइन । मुख्य कुरा पानी जोगाउनु हो ,’ अक्षयले भने ।