सक्रिय रक्षामा रहनु भन्दै बिप्लवले दिए कार्यकर्तालाइ यस्तो निर्देशन
काठमाडाैँ, बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले कार्यकर्तालाइ सक्रीय रक्षामा रहन निर्देशन दिएका छन । केपी वली सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गरेका हुन् ।
बिप्लवले सर्लाहीका इन्चार्ज कुमार पाैडेलकाे हत्या विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका छन । नेकपाका महासचिव विप्लवले आज प्रेस वक्तव्य जारी गर्दै बिभिन्न संघर्षका कार्यक्रम सार्वजानिक गरेका हुन ।
महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ ।
त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ ।
बिप्लवले बिज्ञप्तिमा यसरी भनेका छन । पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ ।’
नेकपाले बर्बरतापूर्ण भन्दै हत्याकाविरुद्ध सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रमहरू यसप्रकार रहेका छन् :
– असार ७ गते प्रचार प्रसार
– असार ८ गते कोणसभा तथा घरदैलो
– असार ९ गते मसाल जुलुस
– असार १० गते नेपाल बन्द
यस्ताे छ बिज्ञप्ति