कुमार पौडेल हत्याबारे मानवअधिकार आयोगले छानविन थाल्यो
प्रकासित मिति : २०७६ असार ६, शुक्रबार १३:२९
प्रकासित समय : १३:२९
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा भएको भनिएको भिडन्तबारे अनुसन्धान थालेको छ । सर्लाही नगरपालिका १ मा भएको भनिएको भिडन्तमा नेकपा विप्लव नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।

आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीय कार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको छ । टोलीले तत्कालै आयोगमा प्रतिवेदन पेश गर्नेछ ।

