सामाजकि सञ्जालको काइदा,ट्राफिक नियम मिचेर भाग्ने माइक्रो यसरी पर्यो फन्दामा

नेपालगन्ज ,बाँके ट्राफिक नियम उल्लंघन गरि भाग्ने नमस्ते नेपाल यातायातकाे  कतर्निया,बाँसगढि, काेहलपुर, नेपालगन्ज, जमुनाह, भन्सार कुदने माइक्रो बस सामाजिक सञ्जालले गर्दा ट्राफिक प्रहरीको फन्दामा परेको छ ।

ट्राफिक नियम उल्लंघन गरी भागेको भे १ ख २००२ नं को माइक्रो बस एकजना ब्यक्तिले सामाजिक सञ्जाल मार्फत ट्राफिक प्रहरीलाई जानकारी दिदा फन्दामा परेको हो ।

ट्राफिक प्रहरी नभएको ठाँउमा नियम उल्लघन गरि भागेको माइक्रो बारे सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । याे नागरिककाे तर्फबाट दिइएकाे जानकारी पहिलाे थियाे ।  शोही अनुसार नेपालगञ्ज ट्राफिक प्रहरीले माइक्रोलाई कानुनी कारबाही गरेको नेपालगन्जका ट्राफिक प्रहरी हिरेन्द्र रोकायाले जानकारी दिए । रोकायाले भने नागरीकको तर्फबाट सामाजिक रुपमा जानकारी गराएको यो पहिलो घटना हो । यसले सबैलाई सचेत गराएको छ ।

हर्न निषेध ,बिद्यालय क्षेत्र,मान्छेको अत्याधिक भिडभाड हुने बजार क्षेत्र, मानव वस्ती भएका क्षेत्रहरुमा सवारी साधन अत्याधिक गतिमा चलाउन पाइदैन । याे माइक्राे बसले त्यहि गरिरहेकाे थियाे जे नगर्नु थियाे । 

उक्त माइक्रो ब्यस्त बजारमा लगातार हर्न बजाउदै छाडा गतिमा कुदेको देखेपछि स्थानिय डिबी शाहीले आफनो फेसबुकमा पोष्ट गरेका थिए । सोही पोष्ट अनुसार उक्त माइक्रोलाई कारबाहि बढाइएको ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकायाले बताए । राेकायाले यसरी उल्लघंन गर्ने कुनै पनि सवारी साधनलाइ अब कारवाहिकाे दायरामा ल्याउने जानकारी दिए । 

यस्ताे थियाे उनकाे  स्टाटस