अखिल (क्रान्तिकारी) बाँकेद्धारा असार ६ गते शैक्षिक हड्ताल घोषणा
नेपालगन्ज,बाँके,बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी)ले अषाढ ६ गते शुक्रबार आम शैक्षिक हड्ताल आव्हान गरेको छ ।
संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैह्रन्यायीक गिरफ्तारीको बिरोधमा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको हो ।
वर्तमान केपी ओली नेतृत्वको सरकारले संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतंकका श्रृखंलाहरु नै चलाएपछि विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा भोली एक दिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी) बाँकेका सचिब डिबी शाहीले जानकारी दिए ।
शाहीलेले बन्द आह्वान गरिएका जिल्लामा रहेका सबै शैक्षिक संस्थाहरुलाई एक दिन बन्द गरेर सहयोग गरिदिन समेत अपिल गरेका छन् ।
एक बिज्ञप्ती निाल्दै शाहीले आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न सरकारले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको भन्दै जस्तोसुकै दमन गरेपनि नझुक्ने दृढता व्यक्त गरेका छन ।
देशैभरिबाट अखिल (क्रान्तिकारी)मा आवद्ध दर्जनौं नेता कार्यकर्तालाई राजनैतिक आस्थाको आधारमा गैह्रन्यायीक रुपमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएको भन्दै शाहीले भत्र्सना र निन्दा गरेका छन ।
त्यस्तै शुक्रबार मुलुककका बिभिन्न जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा पनि शैक्षिक हडताल घाेषण गरिएकाे छ ।
यस्ताे छ बिज्ञप्ति…


