सैनामैनामा आफ्नै छोराले जलाए आमा बस्ने घर
प्रकासित मिति : २०७६ असार ५, बिहीबार १५:३२
प्रकासित समय : १५:३२
बुटवल,बिहिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घर जलाइदिएका छन् । सो नगरपालिका–१ की कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले जलाएर नष्ट पारिदिएका हुन् ।
घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको सैनामैना प्रहरी चौकी प्रमुख प्रहरी नावय निरीक्षक बाबुराम घिमिरेले बताए ।
माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर घरयासी रिसइवीका कारण जलाइएको सई घिमिरेको भनाई छ ।
कुनै मानवीय र क्षति नभएको घिमिरेले बताए । नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको घिमिरेले बताए । आगो घिमिरेलाई नियन्त्रणमा लिइएको सई घिमिरेले जानकारी दिए ।