यसकारण बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित
प्रकासित मिति : २०७६ असार ५, बिहीबार १२:३१
प्रकासित समय : १२:३१
सुर्खेत, जिल्लाबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो ।

Photo: THT/ File
काठमाडौंका लागि बिहान र साँझ २ पटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरू भएको १ हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए ।
यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौं सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले जानकारी दिए । ‘यात्रु अभावका कारण हटाउन बाध्य भएका हौं,’ उनले भने । हाल २ उडानमा काठमाडौंका लागि ४० यात्रु बुद्ध एयरले पाएको पन्तले बताए ।