प्रहरी र बिप्लवका कार्यकर्ताबिच भिडन्त, सर्लाही इन्चार्ज मारिए

सर्लाही,प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाको सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्। जिल्लाको लालबन्दीमा प्रहरीसँग गोली हानाहान हुँदा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका हुन्। इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीसँग विप्लवका कार्यकर्ताको झडप भएको बताइएकाे हाे ।

प्रहरीका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो ।

विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताइएकाे छ ।

घटनापछि तीन जना जंगलतर्फ भागेको बताइएको छ । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरु सवार रहेको बताइएको छ ।

यसैबीच घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

यसअघि भोजपुरमा विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको थियो ।