नेपालगन्जमा एक विद्यार्थीले गरे झुन्डिएर आत्महत्या
नेपालगन्ज , बाँकेको नेपालगन्जमा गएराति एक विद्यार्थीले आत्महत्या गरेका छन। नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ स्थित नेपालगन्ज मेडिकल कलेज पछाडि रहेको आँप बगैंचामा झुन्डिएर आत्महत्या गरेका हुन ।
आंपको रुखमा डोरी लगाई बर्दियाको बढैयाताल मैनापोखर घर भई हाल नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा सिभिल ईन्जिनियर अध्ययन गर्दै गरेका विद्यार्थी बालकृष्ण मल्लले आत्महत्या गरेको बाँके प्रहरीले बताएको छ।
नीज बिद्यार्थीले यसपालि विज्ञान संकायबाट कक्षा १२ को परीक्षा पनि नेपालगन्जमा रहेको मंगल प्रसाद मा-वि- बाट दिएको उनका परिवारले बताएका छन् । पढ्नमा तेज रहेका उनले के कति कारणले अात्महत्या गरे भनेर उनका अाफन्तजन सबै चकित परेकाले छन् ।
अहिले उनको भेरी अञ्चल प्रदेश अस्पतालमा पोष्टमार्टम गर्न पठाएको र पोष्टमार्टमको रिपोर्ट अाएपछि अात्महत्या कि कसैले हत्या गरेको भन्ने भन्न सकिने जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।