भारतिय प्रहरीको अछाम प्रवेश, नेपालको सार्वभौमिकता माथिको हस्तक्षेप : नेमकिपा

अछाम, भारतिय प्रहरी अछाम प्रवेश गरेको भन्दै नेपाल मजदुर किसान पार्टी अछामले आपत्ती जनाएको छ । नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष झंकर वहादुर शाहीले बुधवार एक विज्ञप्ती जारी गर्दै नेपाल जस्तो स्वतन्त्र, सार्वभौम देशमा युनिफम सहितका भारतिय शुरक्षाकर्मी प्रवेश गर्नु नेपालको सार्वभौमिकता माथी हस्तक्षेव भएको वताएका हुन ।

साथै, उनले अनुमति विना अछाम प्रवेश गर्ने भारतिय शुरक्षाकर्मीलाई नियन्त्रणमा लिई कानुन अनुसार कार्वाही गर्न माग समेत गरेका छन् । मंगलबार भारतको छत्तिसगढबाट तिन जना भारतिय प्रहरी अछाम प्रवेश गरेका थिए । तिन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक खोज्दै छत्तिसगढ प्रहरी नेपाल छिरेको हो ।

हेर्नुहोस विज्ञप्ती