सुदृढ,समृद्ध र भ्रष्टाचार मुक्त गाँउपालिका मेरो सपना हो – अध्यक्ष बम
कालिकोट, काकिोटको दुर्गम गाँउपालिकाको रुपमा रहेको पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बमले आफनो गाँउपालिकालाई नमुना गाँउपालिका बनाउने दावी गरेका छन ।

बमले अब पलाँतीहरु हेपिनु पर्ने युगको अन्त्य भएको भन्दै गाँउपालिकालाई जिल्लाकै नमुना गाँउपालिका बनाउने अभियानमा लागि परेको दावी गरेका हुन ।

कुसे संबाद कार्यक्रममा आफनो धारण राख्दै अध्यक्ष बमले सुदृढ,समृद्भ र भ्ष्टाचार मुक्त गाँउपालिका बनाउने सपना बाकेकाे भन्दै नेपालमा ब्याप्त भ्रष्टाचारलाई आफनो गाँउपालिकाबाट अन्त्य गर्ने अभियानमा आगि परेको बताए ।
कुराकानीकाे सन्दर्भमा बमले भने पलाँता गाँउपालिका अब भ्रष्टाचार मुक्त गाँउपालिका हुन्छ । त्यहि अभियानमा निरन्तर लागि परेको छु ।
गाँउपालिकाको समग्र बिकासका बिषयमा कुरा गर्दै अध्यक्ष बमले स्वरोजगारमुलक कार्यक्रम ल्याएको बताए । उनले भने अहिले पनि करीब ५ सय पलाँती युवालाई गाँउपालिकाले रोजगार प्रदान गरेको छ । दैनिक बिदेशिनु पर्ने पिडाबाट पलाँताका युवालाइ राेक्ने अभियानकाे शुभारम्भ गरेकाे छु । बमले भने समृद्ध पाँलाता हाम्रो सपना हो ।

