बिच सडकमै मारिन्छन् छाडा पशुचौपाया ,अँह ! देख्दैनन् कसैले
नेपालगन्ज, बाँके नेपालगन्जकाे सुर्खेत राेडमा मंगलबार मारिएकाे छाडा पशुचाैपाया समयमै नउठाउदा उक्त क्षेत्र दुर्घन्धित भएकाे छ । बिहान ८ बजे मारिएकाे चाैपाया दिउसाे १ बजेसम्मा नउठाउदा उक्त सडक दुर्घन्धित भएकाे हाे ।
नेपालगन्जको ब्यस्त सडकमा मारिएका छाडा पशुचाैपाय समयमै नउठाउदा दुर्घन्ध बडेकाे बाटाे हिडने बटुवाले बताएका छन । गर्मिका कारण ७ घण्टा बितिसक्दा पनि बिच सडकमा मारिएका पशुचाैपाया नउठाउदा दुर्घन्ध बढेकाे हाे ।
त्यसै त असुरक्षित र अव्यावस्थित छ नेपालगन्जको सडक, त्यही माथि सडकमा छोडिएका छाडा चौपायहरुका कारण थप असुरक्षित बन्दै गइरहेको छ ।
छाडा चौपाया दुर्घटनाको मुख्य कारण बन्ने गरेका छन । नेपालगन्जको मुख्यसडकमा गाडिले किचेर मारेको चौपाया दिउसो १ बजेसम्मा उठाइएको छैन ।
पछिल्लो समय नेपालगन्जका सडकहरुको अवस्था निकै नाजुक छ । त्यही माथि मापदण्ड विपरित नेपालगन्जका सडकमा अनियन्त्रित पशु चौपाया छाडिदा सडक अव्यवस्थित मात्र भएको छैन, दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।