अखिल (क्रान्तिकारी) अछामद्धारा शैक्षिक हडताल सहित संघर्षका कार्यक्रम सार्वजनिक
प्रकासित मिति : २०७६ असार ३, मंगलवार १३:१९
प्रकासित समय : १३:१९
अछाम, नेत्र विक्रम चन्द बिप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) अछामले गिरफ्तार गरिएका आफ्ना दुई जना विद्यार्थी नेता रिहा नगरिएको भन्दै शैक्षिक हडताल सहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
पुर्व घोषित केन्द्रीय कार्यक्रम अनुसार ११ जिल्लाको साथै अछाम जिल्लामा पनि बिभिन्न चरणवद्ध कार्यक्रम सहित असार ६ गते शैक्षिक हडताल सहितका कार्यक्रम सार्वजनिक गरिएको छ ।
कार्यक्रम सफल पार्नको लागी सम्पुर्ण वुद्धिजिबी, देशभक्त, प्रगतिशील युवा बिद्यार्थीहरुमा अपिल गरेको कुरा संगठनकाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संगठनका जिल्ला सचिब एकेन्द्र नाथ र सह-सचिब दिपेन्द्र जैगडी लाई केही समय अघि मंगलसेन नगरपालिकाको मेयर चढने गाडिमा आगजनी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो ।
हेर्नुहोस विज्ञप्ती