राज्यसत्ता र अधिनायकत्व….

सामुहिकतालाई अस्तित्वको आधार र उत्पादनलाई जीवनको आधार मान्दै जंगली युग पार गरेको मानवजाति उत्पादन संघर्षमा भएको सफलतासंगै निजि सम्पत्तिमा प्रवेश गर्यो ।

निजि सम्पत्तिमा पदार्पण गरेसंगै दुई बिपरित बर्ग श्रमिक र श्रम शोषक रुपमा देखा पर्यो । जब मानव जाति दुई बर्गमा बाँडिन्छ तब राज्यसत्ताको आवश्यक्ता महसुस् हुन्छ र राज्य सत्ता देखा पर्छ । समुहको अगुवामा चुनिएकाहरु राजा या मालिकको रुप धारण गर्छन् भने बाँकी श्रमिकहरु दासको रुपमा।

दास बर्गलाई आफ्नो नियन्त्रणमा राखि राख्न वा अधिनायकत्व बलियो बनाउन मालिकहरुले लोक रितिचलन
चलाउछन । त्यसले नियन्त्रण गर्न कठिन परे पछि लोक आचार ,अझ अघि बढेर प्रथा भन्ने चलन ल्याउछन् । तर जब मानव जातिमा दास बर्गमा चेतनाको बिकास हुँदै जान्छ ।

उल्लेखित विधि बाट नियन्त्रण असंभव भयो।त्यसपछि मालिक बर्गले कानुन् निर्माण गर्छन् र फौज,प्रशासन ,न्यायलय लगायत राज्यसत्ता र अधिनायकत्व मजबुत संयन्त्र निर्माण गरियो जो राज्य र राज्यसत्ता को पुर्णरुप देखा पर्यो ।
राज्यसत्ता भनेको एक बर्गले अर्को बर्गलाई दमन गर्ने यन्त्र हो – कार्ल मार्क्स

सन्दर्भ हो बर्तमान नेपाली राजनीति को, कुनै बेला कबिलायी गणतन्त्रको रुपमा रहेको नेपाल पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान पछि एकात्मक सामन्ती सत्ताको रुपमामा देखा पर्यो । झण्डै २४० बर्ष केन्द्रीकृत सामन्ती सत्ता संचालनमा बिधान र कानुन् भन्दा पनि हुकम प्रवाङ्गिनबाट अधिनायकत्व बलियो बनाई राखे । चेतनास्तर नउठेको नेपाली जनता को बिचमा ूदण्डो सास्ति प्रजा सर्वाूको नीति ले देश चलाए।जे होस २४० बर्षअधिनायकत्व लाद्न सफल रहे ।

संसारका प्राचीन अन्धविश्वासमा चलेका सत्ता राजतन्त्र ढले पछि नेपाली जनतामा चेतनामा परिवर्तन आयो र नेपालमा आन्दोलनका भुल्का देखा परे जसले २००७ को घटना देखा पर्यो।२०१७ पछि साल पंचायत मार्फत अधिनायकत्व लाद्ने प्रकृया सुरु भयो ,तर पंचायतका ३०बर्षले अधिनायकत्व चेतनशिल नेपाली जनताका अगाडि सफलता हासिल गर्न सकेन ।

२०४६ पछि भएको परिवर्तन पछि दुई सत्ता देखा परे माथि श्री ५ र तल संसदिय सत्ता ,तल माथि सामन्ती सत्ता र बिचमा संसदिय बहुदलिय सत्ता अर्थात संयुक्त अधिनायकत्व अवस्था देखा पर्यो जो सफल हुन संभव थिएन । यसको ज्वलन्त उदाहरण दरबार हत्याकाण्ड ,ज्ञानेन्द्रको आगमन र संसद विघटन हो । यसको अर्थको नेपाली कांग्रेसले सत्तामा अधिनायकत्व प्रश्नलाई बुझेर पनि लागू गर्ने कला प्रयोग गर्न जानेन । जस्ले माघ १९ निम्त्यायो,नेपाली कांग्रेसले बाहिर सत्ता अधिनायकत्वको बिरोध गरे पनि भित्र राम्रोसँग बुझेको थियो ।

तर राजालाई विश्वासमा लिएर सत्ता साझेदारीमा संचालन गर्ने लोभले धोका पायो । अर्कोतिर सामन्ती एकात्मक अधिनायकवादी सत्ताका बिरुद्ध किसान,मजदुर र देशभक्तहरुको संयुक्त अधिनायकत्वको सत्ता स्थापर्नाथ जनयुद्ध चलिरहेको थियो।

जनयुद्धको उत्कर्षसंगै संसदिय सत्तामा प्रतिगमन भयो । त्यहि प्रतिगमनले संसदीय शक्तिहरुलाई राजतन्त्र प्रतिको मोह भंग गरायो । जनयुद्ध र माओवादिको एजेन्डा नजिक ल्यायो,१२ बुदेँ समझदारि,संसद पुन स्थापना,संविधान सभाको चुनाव र संघिय लोकतान्त्रिक गणतन्त्र संभव भयो।

आज देश कम्युनिस्टको सरकार द्वारा संचालित छन्। संविधान आयो ऐनहरु बनीसके केही बन्दैछन । अब संविधानमा भएका ब्यबस्था र ऐनले गरेको निर्देशन अनुसार कानुन निर्माण गरि लागू गर्नु छ । ठिक यहि अवसरमा सत्ता गुमाएकाहरु र यो भन्दा अगाडि देशलाई बढ्न नदिने नियत बोकेकाहरु हर क्षेत्र,हर निर्णय,हर विधेयकका बिरुद्ध आवाज उठाएर असहज परिस्थिति निर्माण गर्न कोशिष गर्दैछन ।

नेकपाको सरकारका अगाडि आज यहि अधिनायकत्व लागू गर्ने चुनौतिपुर्ण काम छ। बिगतमा नेपाली कंग्रेसले गरेको गल्ति संमन्वयको आधार देश चलाउने गल्ति यो सरकारले गर्नु हुदैन । विगतमा लेनिन र वर्नस्टायिन बिच बर्गिय अधिनायकत्व वा सबैको संयुक्त अधिनायकत्व बिवाद थियो ।

मुख्यतः गणतन्त्रवादी र देशभक्त अर्थात किसान,मजुदुर र मध्यम् बर्गको सहकार्य अथवा अधिनायकत्व सहितको राज्यसत्ता आजको सत्ता हुनु पर्छ । सबैलाई चित्त बुझाउने ,सबैलाई नाफा हुने,पच्ने र सबै लाई खुसि पार्ने संसार मै छैनन्,थिएनन् र हुदैनन्।

सत्तामा अधिनायकत्वको प्रश्न मुख्य हो । भन्ने मार्क्सवादी बिचारको गुदि दह्रोसंग समातौं बिभिन्न अवरोधको पर्दाफास गर्दै समाजवादमा अगाडि बढौं ।

लेखक नेकपाका पाेलिटब्युराे सदस्य तथा राष्ट्रिय सभा सदस्य हुन ।