विमानस्थलबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ
प्रकासित मिति : २०७६ असार ३, मंगलवार १७:४२
प्रकासित समय : १७:४२
भैरहवा,प्रहरीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। गौतमबुद्ध विमानस्थलबाट पोखरा जान बुद्ध एयरको टिकट काटेका भारतीय नागरिकको साथमा हतियार भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लखनउस्थित सिन्दु नगरका ५० वर्षीय उमेश शुक्ला रहेका छन्। विमानस्थलमा एक्सरे मेसिनमा चेक गर्दा मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल र सोही पेस्तोलमा लाग्ने १३ राउन्ड (दुई म्याग्जीन) गोली फेला परेको हो।
शुक्लामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराजा भण्डारीले जानकारी दिए।