गाउँपालिका उपाध्यक्षसहित १० जना सवार जिप कर्णालीमा खस्यो

हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार जिप दुर्घटना परेको छ। खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका १० यात्रु रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको हो।

तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

मंगलबार दिउँसो १२ बजेर १४ मिनेटमा दुर्घटना भएर कर्णाली नदिमा खसेको हुम्लाका प्रहरीले बताएकाे हाे । जिप बाटोबाट सिधै कर्णाली नदीमा पुगेको र घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको बताइएकाे छ ।

सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकोप्टरमार्फत् घटनास्थल पुगेको र जिप फेला परि नसकेको बताइएकाे छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ।