पाकिस्तानी ब्लगरको हत्या, शंका आईएसआईमाथि
इस्लामाबाद । पाकिस्तानको सेना र आईएसआईको आलोचना गरेको आरोपमा एक २२ वर्षे युवकको हत्या गरिएको छ । सामाजिक सञ्जालमा चर्चित मिडियाकर्मी मुहम्मद बिलाल खानको हत्या अज्ञात समुहले गरेको जनाइएको छ ।
पाकिस्तानी अखबार डनले जनाएअनुसार १६ जुनको राती बिलाल आफ्नो काकाको छोरासँग फोन सम्पर्कमा थिए । तत्पश्चात हराएका उनी १७ जुनमा मृत अवस्थामा फेला परेका थिए । साथमा उनका काकाको छोरा समेत जंगलमा घाइते अवस्थामा भेटिएको पाकिस्तानी प्रहरी अधिक्षक सदर मलिक नईमले डन अखबारलाई जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा ब्लग चलाउने बिलालका ट्वीटर एकाउन्टमा १६ हजार फ्लोवार्स र युट्युभमा ४८ हजार सुभेच्छुक समर्थकहरु रहेका छन् भने फेसबुकमा २२ हजार मानिसहरुले उनलाई फ्लो गर्न भ्याईसकेका छन् । निर्धक्क ढंगले सत्य तथ्य आम जनता माझ पस्कने बिलाल पाकिस्तानी सेना र आइएसआईको आलोचना गर्दै आइरहेका थिए ।
उनका बुबा अब्दुल्लाले जनाएअनुसार धारिलो हतियारले पुत्रको हत्या गरिनुले सत्यलाई मार्ने कोसिस र डर पैदा गर्ने खेलसँग सम्बन्धित रहेको छ ।
मृतक बिलाल गायब हुनुभन्दा अगाडी उनले नवनियुक्त आइएसआई प्रमुख लेफ्टिनेन्ट जनरल फैज अहमदको आलोचना गरेका थिए