बाँकेको डुढुवामा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु
प्रकासित मिति : २०७६ जेष्ठ ३२, शनिबार १२:२९
प्रकासित समय : १२:२९
नेपालगन्ज, बाँके डुढुवा गाँउपालिका वडा नं १ खडैचामा श्रीमानले श्रीमतीलाई कुटेर हत्या गरेका छन । डुढुवा गाँउपालिका वडा नं १ खडैचामा नेहा कुमारी बडहीलाई उनका श्रीमान दिलिप बडहीले कुटेर हत्या गरेका हुन ।
पारिबारिक कलहबाट सुरू भएकाे झगडा नेहाकाे मृत्युसम्मा पुगेकाे नेहाकी दिदि मिना बडहीले बताइन । उनले लामो समयदेखि आन्तरीक पारिबारीक कहल हुने गरेको भएपनि शुक्रबार त्यसले उग्ररूप लिएकाे बताइन । श्रीमतीलाइ कुटेर हत्या गरिसकेपछि नेहाका श्रीमान दिलिप बडहि फरार रहेका छन ।
स्थानियका अनुसार नेहा झुन्डिएकाे अबस्थामा भेटिएपनि उनकाे शरिर भरी चाेट रहेकाे बताइएकाे छ । उनलाइ नेपालगन्ज मेडिकल कलेज नर्सिङ हाेममा राखिएकाे छ ।
बाँकेमा पछिल्लाे समय यस्ता घटना अत्याधिक रूपमा घटने गरेका छन ।