हाइसको ठक्करबाट वृद्ध महिला गम्भिर घाइते
प्रकासित मिति : २०७६ जेष्ठ ३१, शुक्रबार १२:३०
प्रकासित समय : १२:३०
नेपालगन्ज,नेपालगन्जदेखि धनगढी तर्फ जादै गरेको हाइस हिजो बिहीबार साँझ नेपालगन्जको सडक बिभाग नजिक ठक्कर दिदा एकजना वृद्ध महिला गम्भिर घाइते भएकि छन।
घाइते वृद्धाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी विभागमा उपचार भई रहेको छ । घाइते वृद्धाको नाम, थर केही नखुलेको अस्पतालमा डिउटीमा रहेका प्रहरी हवलदार नरेश कुमार डागीले बताए । घाइते वृद्धालाई से १ ज ९७५ नम्बरको हाइसले ठक्कर दिएको थियोे ।
हाइसलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आफनो नियन्त्रणमा लिएको प्रहरी हवलदार नरेश कुमार डागीले जानकारी दिए । अस्पतालका अनुसार घाइते महिला गम्भिर अबस्थामा छन् ।