सरकारलाई चुनौती दिँदै विप्लवको जनपरिषद्
प्रकासित मिति : २०७६ जेष्ठ ३१, शुक्रबार १३:३५
प्रकासित समय : १३:३५
काठमाडौं – सरकारलाई चुनौती दिँदै विप्लव समूहले जनपरिषद् अधिवेशन गरेको छ। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सिन्धुलीको अज्ञात स्थलमा बुधबार जिल्ला जनपरिषद्को तेस्रो अधिवेशन गरेको हो।

अधिवेशनको प्रमुख अतिथि जिल्ला इन्चार्ज शशी थिए भने परिषद्को बैठकको अध्यक्षता नेकपाका जेष्ठ जिल्ला समिति सदस्य ल्वाङसिंहले गरेका थिए।
अधिवेशनले १९ सदस्यीय जनपरिषद् गठन गर्दै अध्यक्षमा आरबीलाई चयन गरेको छ। जनपरिषद् प्रमुखमा कपिल निर्वाचित भएका छन्। जनपरिषद् प्रमुख कपिलको नेतृत्वमा पाँच सदस्यीय जिल्ला जनपरिषद् घोषणा गरिएको जनाइएको छ।
जनपरिषद् सदस्यमा ज्ञानबहादुर, राजन, सुनिता र गर्जन छन्। अधिवेशनमा दक्षिण सिन्धुली जिल्ला सेक्रेटरी गोपाल र पूर्वी सिन्धुली जिल्ला सेक्रेटरी शेरमान पनि सहभागी रहेको जनाइएको छ।

