फ्रान्स पुगेर प्रधानमन्त्री ओलीले दिए विप्लवलाई गोन्जालो बनाइदिने धम्की
प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स पुगेर बिप्लवलाई गोञ्जालो बनाइदिने चेतावनी दिएका छन । उनले नेकपाको धेरैजसो कार्यकर्तालाई सरकारले पक्राउ गरिसकेको र अव दुइचार जना नेता पक्रेपछि त्यो पार्टी नै समाप्त हुने दावी गरे ।

प्रधानमन्त्रीसँगको भेट अघि फ्रान्समा आयोजित नेकपाको प्रवासी संगठन प्रवासी नेपाली मञ्चका कार्यकर्तासँग छलफल समेत गरेका थिए।
त्यस्तै परिसमा रहेका नेपाली व्यापारीसँगको अर्को छलफलमा प्रधानमन्त्री ओलीले उनले विप्लव नेतृत्वको नेकपाका कारण नेपालमा कुनै खतरा नरहेको बताए ।
पेरुका नेता गोन्जालोसँग विप्लवको तुलना गर्दै उनले गोन्जालो पक्रेपछि उनको पार्टी समाप्त भएको र अव नेकपाका दुई चार जना नेतालाई पक्रेपछि त्यो पार्टीपनि समाप्त हुने बताए।
‘पेरुमा कुनै दिन गोन्जालो भन्ने नेता थिए। तिनलाई पक्राउ गरेर जेल हालेपछि त्यहाँको कम्युनिस्ट नामको पार्टीनै सक्कियो, विप्लवका पनि घेरैलाई पक्रिसकियो, अव दुईचार जनालाई पक्राउ गरेपछि त्यो पार्टी पनि सकिन्छ’, उनले भने।

