यौनिक तथा लैङिक अल्पसंख्यक समुदायबारे बृहत अन्तरक्रिया कार्यक्रम

काठमाण्डौ , यौनिक तथा लैङिक अल्पसंख्यक समुदायलाई गरिने भेदभावका बिषयमा ‘मितिनी नेपाल’ले बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार राजधानिमा  संचारकर्मि तथा पत्रकारहरूका माझ बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । 

उक्त छलफलमा मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले आफ्नो समुदाय प्रति हेर्ने दृष्टीकोण, व्यवहार र बुझाईमा फरक भएको कारणले गर्दा उत्पिडनमा परेको बताइन । घलानले राज्यले अझ पनि हाम्रो मुद्दालाई राष्ट्रीय मुद्दाको रुपमा नलिँदा गरिने भेदभावको यो पनि एउटा प्रमुख कारण बन्न पुगेको जिकिर गरिन ।

एलजिबिटीआईलाई हेर्ने दृष्टीकोण विभेदपुर्ण मुल्यमान्यता र त्यसबाट सिर्जित हानीकारक परम्परागत अभ्यासका कारण एलजिबिटीआईले आफ्नो शरिर, यौनिकता र आफ्नो सो पहिचानका साथ जिवनयापन गर्न पाउने अधिकारको सुनिश्चिताको लागि आफु निर्णय लिने वातावरण राज्यबाट नहुनु बारे दुखेसो व्यक्त गरिन ।

त्यस्तै मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसिले नेपालको संविधानले यो समुदायको हक अधिकारलाई संविधानको धारा १२ नगरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हक अधिकार सुनिश्चित गर्यो । तर कार्यान्यन पक्ष फितलो भएकै कारण राज्यका विभिन्न निकायमा अझ पनि आफ्नो अधिकार लिनबाट एलजिबिटीआई समुदाय बन्चित रहेको बताइन ।

हक र अधिकार बारे अब यहाँहरुले पनि आवाज दिनु पर्ने बताउनु भयो । यो एक दुई जनाको नभ ई नेपालमा झण्डै ५५ हजार देखि ६० हजार संख्यामा जिवन रहेकोले यसमा आफ्नो आवाज, ज्ञान तथा जानकारी गराई सक्दो सहयोग गराई दिन आग्रह गर्नु भयो ।

एलजिबिटीआई भएकै कारण आफुले परिवार र समाजबाट भोग्नु परेका दुस्ख, कष्ट, हेला र पिडा बारे प्रायले आफ्ना भावना व्यक्त गरेका थिए ।