भ्रामक समाचारको खण्डन गर्दै सेजवालले भने पुर्वाग्रहमा लेख्नु भन्दा इतिहाँस अध्ययन गर
कालिकोट ,पचालझरन गाँउपालिका अध्यक्ष तथा युवा नेता खडगराज सेजुवालले आफनो बारेमा आएको भ्रामक समाचारको खण्डन गरेका छन । सेजुवालले पार्टीको जिल्ला समितिमा आफु र आफनो परिबारको नाम लिएर एक अनलाइनमा आएको समाचारको खण्डन गरेका हुन ।
उनले खण्डन गर्दै भनेका छन हिजो एक समाचार प्रति ध्यानाकर्षण भएको छ । पत्रकार महोदयलाई हेक्का होस कि म ठकुरीको ज्वाई हुनाले न म अध्यक्ष भएको हुँ न अहिले जिल्ला कमिटीमा परेको हुँ । सामान्य हेक्का नराखि पितपत्रकारितामा रहेर समचार बनाउनु बेकुफि बाहेक अरु केही हुन सक्दैन ।
सेजुवालले आफनो इतिहास गहिरो गरि अध्ययन गर्न आग्रह गर्दै भनेका छन । म ५२/ ५३ तिरबाटै बिद्यार्थी संगठनमा काम गर्दै ५५ सालबाटै सक्रिय काम गर्दै यहासम्म पुगेको छु ।
सेजुवालले आफनो परिबारको बिषयमा यस्तो भनेका छन । जहासम्म मेरो परिवार अल्किना बम बबिता पनि स्कुल जिबनबाटै काम गर्दै ५६ सालबाट पुर्णकालिन भएर आएकी हुन ४ बर्ष जेलनेल बिताएकि हुन । कसैले मलाई र बबितालाई जोडेर परिवारका कारण भएको भन्नु या ठकुरी भएको कारण भएको भन्नु पेशा प्रतिको बेकुफी हो । हामीले आ आफ्ना जिम्मेवारी र भुमिका निर्बाह गर्दै आएका छौ । यो समचार बनाउनेले अलिकति पनि सम्बन्धित ब्याक्तिसँग नबुझी समचार बनाउने कस्तो पत्रकारीता को धर्म हो ?
त्यस्तै दुर्गाप्रुाद काफलेले पनि खण्डन गरेका छन उनले भनेका छन । हिजो एउटा अनलाइनले लेखेको समाचाले गम्भीररुपमा ध्यान आकर्षण गरायो । म जिल्ला कमिटी सदस्य पर्नुमा ठकुरीको ज्वाइँ भनेर जुन उल्लेख गरिएको छ, यो कपोल्कल्पित, भ्रामक, मनगडन्ते र पित पत्रकारीताको नमुना हो । स्कुल पढ्दै गर्दा एसएलसी नदिएरै १५ १६ वर्षको उमेरमा नै दुख गरेको थिएँ , नाताले श्रीमती भए पनि १४ जन्मेको दिनमै छोरी छोडेर युद्धको मोर्चा सम्हालेको कहाली लाग्दो विगतलाई हेर्न जरुरी छ ।
त्यस्तै अल्किना बम बविताले कसैको त्याग तपस्या बलिदानिको ईतिहासलाई अनावश्यक लाञ्छाना लगायर धब्बा लगाउन तम्सिनु पुर्व एकपटक ईतिहासलाई अध्ययन गर्न आग्रह गर्दछु । आग्रह पुर्वाग्रहमा समाचार बनाउनु भन्दा पहिला पात्रको जिम्मेवारी कति भनेर बुझ्न पनि जरुरि छ । ठकुरिकै ज्वाँई भएर जिल्ला कमिटीमा परेको भन्ने हावा समाचार लेख्नु भन्दा पहिला ति पात्रको बिषयमा गहन अध्ययन गर्न पनि फेरि आग्रग्रह गर्दछु ।
आखिर के हो सेजुवाल परिबारको बृतान्त ?
हाल पचालझरना गाउपालिका अध्यक्ष समेत रहेका खडगराज सेजुवाल माओबादी बृतका पुराना युवा तथा परिपक्व नेता हुन । जनयुद्धको बेला बिद्यार्थी मोर्चाबाट राजनिति सुरु गरेका सेजुवाल ५३ सालबाट पुर्णकालिन भएका थिए । पुर्व अखिल क्रान्तिकारीका केन्द्रिय नेता सेजुवाल माओबादी जनमुक्ती सेनाको बटालियन कमिसार हुदै बिग्रेड सहायक कमाण्डर समेत भएका थिए । क्रान्तिकारी राजनितिको दाहिने कित्तामा उभिदै आएका सेजुवाल बिद्रोही र क्षामतावान नेताका रुपमा चिनिन्छन ।
त्यस्तै लामो समय जेल जिवन बिताएकी सेजुवाल परिबार अल्किना बम बविता उनि पनि पुरानी महिला नेतृ हुन । ५६ सालबाटै पुर्णकालिन भएकी वविताले जब्बर संस्कार,सामाज र घरपबिारसंग बिद्रोह गरेकी थिइन । जनयुद्धका बेला कालिकोट,बाजुरा,बझाङलगायतका जिल्लामा महिला नेतृत्वको भुमिका निर्वाह गरिसकेकी अल्किनाले ४ बर्ष जेल जिवन बिताएकी हुन । निरन्तर क्रान्ति र परिबर्तनको पक्षमा उभिइदै आएको सेजुवाल परिबार परिपक्क राजनितिक परिवारको रुपमा परिचित छ । जानकारहरूका अनुसार सेजुवाल नेकपाकाे प्रदेश समितिमा पर्नुपर्ने ब्यक्ति भएकाे बताइन्छ ।
याे हो काफले परिबार
लेखक ,पत्रकारका रुपमा परिचित दुर्गाप्रसाद काफले कालिकोटका पुराना जनयुद्धकालिन कार्यकर्ता हुन । साँस्कृतिक क्षेत्रमा दख्खल राख्ने काफलेले केहि पुस्कतहरु समेत प्रकाशन गरेका छन । त्यस्तै उनको परिबार बिनिता शाही पनि पुरानी कार्यकर्ता हुन । सानै उमेरमा जनयुद्धमा लागेर त्याग तपश्या गरेको काफले परिबार अहिले नेकपा कालिकोटमो जिल्ला समितिमा परेको छ ।