अज्ञात समुहद्धारा जाजरकोटमा वडा कार्यालय तोडफोड

जाजरकाेट, जाजरकोटको नलगाड नगरपालिका वडा नं १० काे वडा कार्यालय  २७ गते राति अज्ञात समुहले तोडफोड गरेकाे छ । जाजरकोटको वडा न १० को वडा कार्यालयमाथि बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको स्थानियले बताएका हुन ।

राति करिब १२ बजेतिर ३/४ जनाकाे समुहमा अाएका अज्ञात समूहले कार्यालयको ताला फोडेर तोडफोड गरी करिब ५ लाख बराबरको क्षति गरेको बताइएको छ ।

अज्ञात समूहले कार्यालय भित्रका सोफा,कुर्सि, कम्प्युटर, फोटोकपी मेसिन, सोलार, कुर्सी, दराज पूर्णरूपमा तोडफोड गर्नुका साथै कागजजात जलाएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले पुष्टि गरेकाे छ  ।

तोडफोडमा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।