यसकारण पोखराको उत्तमचोकमा दिउँसै गोली चल्यो….

पोखरा,लागूऔषध कारोबारी पक्रँदा प्रहरीले पोखरा गोली चलाएको छ । बुधबार बिहान साढे ११ बजेतिर ती कारोबारीको खुट्टामा गोली लागेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

उत्तम चोकको एउटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् । उनको पार्कल्यान्ड अस्पताल अमरसिंह चोकमा उपचार भइरहेको छ।

रेस्टुरेन्टमा लागूऔषध कारोबारी बसिरहेको थाहा पाएर प्रहरी पुगेको थियो । प्रहरी आएको देखेर ती कारोबारी चिपर्ट दाउराले प्रहरीमाथि प्रहार गरी भागेपछि प्रहरीले गोली चलाउँदा खुट्टामा गोली लागेको छ । लागूऔषध कारोबारी र घाइते प्रहरीको नाम खुलिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

पोखरामा गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको भएपनि के करणले हो भन्ने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

एसपी कार्कीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेपनि विस्तृत विवरण आउन बाँकी छ ।