कुखुरा मारेको आरोपमा एक महिला पक्राउ
प्रकासित मिति : २०७६ जेष्ठ २९, बुधबार ११:१५
प्रकासित समय : ११:१५
गोरखा,विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कुखुरा धनी राम कुमारी सुनारले एक सय ४० वटा कुखुरा विषादी हालेर मारेको आरोप लगाउँदै श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
मरेको कुखुराको जाँच गर्दा विषादीयुक्त आहारका कारण मरेको प्रमाणित भएपछि श्रेष्ठलाई पक्राउ गरिएको गोरखाका एसपी भोला रावलले जानकारी दिए । श्रेष्ठलाई सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी रावलले बताए ।