कथित ‘डन’ स्यालसँग देखिए पूर्व युवराज पारस

काठमाडौं, काठमाडौंको दरबारमार्गमा खुलेको लिक्वीड लाउञ्ज एण्ड बारमा पूर्वयुवराज पारस शाहसँग कथित ‘डन’ सञ्जीव लामा ‘स्याल’ र मोडल सोनिका रोकाय एक साथ देखिएका छन् ।

उडल्याण्ड कम्प्लेक्सको पहिलो तलामा रहेका लाउञ्जमा लामा र सोनिकाले पूर्वयुवराज शाहलाई भव्य स्वागत गरेका छन् । लामा र रोकायले पारस शाहलाई स्वागत गरिएका तस्वीरहरू सामाजिक सञ्जालमा बुस्ट गरिएका छन् ।

बेलाबेला विवादमा आइरहने ‘डन’ लामाले सोनिकासँग मिलेर लिक्वीड लाउञ्ज एण्ड बार खोलेका हुन् । सुध्रिने क्रममा रहेका लामा काभ्रे जिल्लाबाट नेपाली कांग्रेसको राजनीति पनि गर्छन् ।

युवती रेप काण्डमा मुछिएका लामालाई प्रहरीले कडा निगरानीमा राख्दै आएको छ । हुन त लामाले आफूलाई रेप केशमा फसाइएको भनेर प्रतिक्रिया यसअघि नै दिइसकेका छन् ।