इन्सपेक्टरलाई घुस दिन खोज्ने चालक पक्राउ
प्रकासित मिति : २०७६ जेष्ठ २९, बुधबार ११:००
प्रकासित समय : ११:००
काठमाडाैँ ,ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिने टाटा सुमो चालक बुधबार बिहान पक्राउ परेका हुन् ।
अव्यवस्थित ठाउँमा लापरबाही तरिकाले से.१ ज ४८४ नम्बरको टाटा सुमो गाडी पार्किङ गरेका उदयपुर स्थायी घर भएका ३९ वर्षीय आशाराम चौधरीले ट्राफिक प्रहरीले कागजपत्र माग्दा प्रभाग प्रमुख इन्सपेक्टर ठाकुरलाई ५ सय रुपैयाँ घुस दिएका थिए ।
एक हप्ता अगाडि मात्रै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख बनेर आएका इन्सपेक्टर ठाकुरलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिएको चालक चौधरीलाई सिभिल प्रहरीलाई बुझाइएको छ ।