काठमाडौंको थलीमा लागे सरकारविरुद्ध नारा
काठमाडौं, २८ जेठ । काठमाडौंको थलीमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय युवाहरूले प्रदशर्न गरेका छन् । सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।
स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुलेसडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् ।संघीय सरकार र स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरूविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन् । आक्रोसित युवाहरुले सडकमा टायरसमेत बालेका छन् । प्रदर्शनमा उत्रिएका युवाले सवारी चल्न रोकेका छन् । युवाको अवरोधपछि यो क्षेत्रको सवारी आवागमन ठप्प भएको छ ।
थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि यसैगरी प्रदर्शन भएको थियो ।