भ्रष्टाचारी हुने या रोक्ने जिम्मेवारी हाम्रो…!
आज समाजका हरेक क्षेत्रमा बस्ने मानिसहरुलाई नेपालमा बिकाश नहुनुको प्रमुख कारण के हो ? भनेर प्रश्न गर्दा ।
सबैले सजिलोसँग एक बाक्यमा दिने उत्तर भनेको (भ्रष्टाचार)ले गर्दा हो ।
यसको समाधान कसरी गर्ने भन्दा सबैको एउटै आवाज आउँछ भ्रष्टाचारलाई रोक्नुपर्छ ।
हुनपनि हो हामिसँग प्राकृतिक साधन र स्रोत बाँकी बिश्वका कुनै पनि देशमा नभएका अचल सम्पतीहरु छन । प्राकृतिक सुन्दरताले भरिपुर्ण हामी छौ । साधान र स्रोतमा धनी छौ तर गरिब छौ । कारण के हो ? भ्रष्टाचार । यसलाई रोक्न हामी किन नलाग्ने ?
आज दुनियाँका जतिसुकै देश बिकाशको तिब्रतामा लम्किरहेका छन ती सबै देशले आफ्नो पहिलो प्रभामिकता भित्र भ्रष्टाचार रोक्ने प्रतिबद्धता गरेका छन ।
हामीले धेरै टाढाको उदाहरण लिनुपर्दैन हाम्रै छिमेकी देश चिनका राष्ट्रपति सि जिङ फिङले आफ्नो पहिलो प्रतिबद्धता भ्रष्टाचार रोक्ने गरेका छन । भ्रष्टाचारीलाई मृत्यु दण्ड दिने निर्णय गरेका छन उनैको पालामा मात्र हजारौं भ्रष्टाचारिहरुको मृत्यु दण्ड भैसकेको छ।
त्यस्तै आधुनिक मलेसियाका निर्माता डाक्टर मोहम्द माहाथिरले आफ्नो पहिलो प्रतिबद्धता भ्रष्टाचार रोक्ने गरेका थिए । बयानब्बे बर्षको उमेरमा फेरि प्रधानमन्त्री निर्बाचित माहाथिरले आफु प्रधानमन्त्री भएपछि आफुभन्दा अगाडिको प्रधानमन्त्री नाजिब रजाकलाइ जेलमा हालि दिएका थिए ।
हामी सबैले भाषण गर्दा उदाहरण दिने गरेको सिङगापुरलाइ भ्रष्टाचारबाट मुक्त गरेर र बिकाशको गतिमा लैजान आधुनिक सिङगापुरका निर्माता लि क्वान युले पनि भ्रष्टाचारका बिरुद्ध कठोर सँघर्ष गरेर उनले गरेको बिकाशको गतिलाई हामीले हेर्न सक्छौ । जसले भ्रष्टाचार रोक्नालार्इ प्रमुख प्रथामिकता दिएका कारण आज यो अवस्थामा छन । आफ्नो देशका सबै नागरिकलाई रोजगार दिएर पनि अरु राष्ट्रका नागरिकलाई रोजगारि दिन सकेका छन ।
भ्रष्टाचारलाई हामीले सदाका लागि अन्त्य जहिलेसम्मा गर्न सक्दैनौं तबसम्म हाम्रो देशमा जतिसुकै बजेट भाषण गरेर पनि बिकाश हुदैन । किनकि हामीले पुल बनाउन दिएको पैसाले पुल त बन्छ तर हावाहुरी लाग्दा नै ढल्ने पुल बन्छ ।
बिध्यालय बनाउन दिएको पैसाले बिध्यालय त बन्छ तर बनेकै दिनदेखि पानी छिर्ने र बिध्यार्थिलाइ बस्ने बेन्च सम्मा पनि नभएको बन्छ ।
रोड बनाउन छुट्टयाइएको पैसाले रोड त बन्छ तर अगाडि खन्दै हुन्छ पछाडि बाट पुरिदै गइरहेको हुन्छ । अझै पिच गरेको भोलिपल्ट नै उम्कन थाल्छ ।
भवनहरु बनाउन दिएको पैसाले भवनहरु त बन्छन तर नाममा मात्र बन्छन ।
हामीले जतिसुकै बिकाशका नाममा विभिन्न सँरचना बनाउन दिएको पैसाले बनेका सबै सँरचना अर्को बजेट नआउनजेलसम्मा भत्किने सम्माका बनेका हुन्छन । जसको कारण के हो भने ती सबै सँरचना गुणस्तर हिन र मापदण्ड अनुसार बन्दैनन । नबन्नुको प्रमुख कारण के हो रु भन्दा भ्रष्टाचार नै हो ।
यसलाई रोक्न हामीले किन सकिरहेका छैनौं । भने हामी आफैमा पनि इमानदारीता छैनौँ । किनकि हामी पनि त्यो अवसरको खोजिमा छौँ त्यो ठाउँमा पुग्दा मैले पनि त्योहि तरिका अपनाउनु पर्छ भन्ने मानसिकताले कहिकतै काम गरेकोे छ ।
आज मैले प्रश्न उठाउदा भोलि उसले पनि मलाई प्रश्न उठाउँछ भन्ने डरले पनि काम गरेको छ । त्यसैले हामीले प्रश्न गर्ने हिक्मत गर्न सक्दैनौं । जबसम्म हामीले त्यो अवसरको पर्खाइमा बसिरहन्छौ तबसम्म भ्रष्टाचार अन्त्य गर्न सक्दैनौं किनकि हामीले गलत को बिरोध गर्न सक्ने हैसियत बनाउन सकिरहेका छैनौं ।
गलत कामको बिरोध गर्ना सक्ने हैसियत बनाउन त सबैभन्दा पहिले आफु इमानदार हुनुपर्छ ।ताकि तपाईंको बारेमा कसले औँला उठाउन नसकोस । त्यसका लागि हामीले सबैभन्दा पहिले त ब्यक्तिगत स्वार्थलाई तिलान्जलि दिनुपर्छ । अर्थात त्याग्नुपर्छ ।
त्यो त्याग्नका लागि इमानदारीता चाहिन्छ ।त्यो इमानदारिता हामीले कायम गर्न सक्छौ कि सक्दैनौं भन्ने कुरा पनि प्रमुख हुन्छ । जबसम्म हामीले प्रश्न गर्न सक्दैनौं तबसम्म राज्यका हरेक क्षेत्रमा भ्रष्टाचार रहिरहन्छ । कारण के भन्दा हामी बोल्न सक्दैनौं ।
मलाई लाग्छ भ्रष्टाचार हुनुमा तपाईं र मेरो पनि भुमिका उतिकै छ । अर्थात यसो भनौ भ्रष्टाचार हुनुमा समाजका हरेक मानिसको भुमिका त्यतिकै छ । कारण के हो भन्दा भ्रष्टाचार भएको देखेर पनि तपाई हामी बोल्दैनौ मौन बस्छौ ।
पत्रकारले आफ्नो बिचार समुहको हुनले समाचार लेख्दैन कार्यकर्ताले आफ्नो नेता हुनले बोल्दैन छिमेकीले आफ्नो गाउँको हुनले बोल्दैन । बिरोधिको बारेमा मात्र भनौ आफ्नो बारेमा पनि उसले खुलाइदिन्छ कि भन्ने डर छ । यी र यस्ता तरिकाबाट तपाई र हामी पनि भ्रष्टाचार सङलग्न छौ ।
यसरी रोक्न सकिन्छ भ्रष्टाचार
आज हाम्रो देशमा जतिसुकै क्षेत्रमा भ्रष्टाचार भएको छ । ती सबै क्षेत्रमा तपाईं हाम्रो उपस्थिति छ उदाहरणका लागि रोड बनाउने ठाउँमा ठेकेदार एक्लै हुदैन । तपाई हामी पनि हुन्छौं ।
गुणस्तर हिन काम भएको भए किन भयो कारण खोजौ सबैभन्दा पहिला जुन रोड बन्दैछ त्यसको स्रोत के हो रु कहाँबाट आएको हो रु कति बजेट छ थाहा पाउनुपर्छ । बन्नुपर्ने कति हो । गुणस्तर हिन भयो भने प्रश्न गरौँ । किन भयो ।
त्यस्तै पुल बन्न लागेको ठाउँ । भवन बन्न लागेको ठाउँ ।बिध्यालय बन्न लागेको ठाउँ अझै भनौं । राज्यकोषबाट बन्न लागेका हरेक सँरचना निमार्ण गर्ने ठाउँमा तपाईंको हाम्रो सहभागीता जसरी पनि भएको हुन्छ । यी सँरचनाहरु गुणस्तरहिन बनाउन थालेको खण्डमा हामीले प्रश्न गर्ने कि नगर्ने भन्दा हामीले प्रश्न गर्नुपर्छ ।
किन भयो त्यस्तो ?
जस्तै कुनै ठेकेदारले ढलान गर्दा बीस कठ्ठा बालुवा बीस कठ्ठा रोडामा एक कठ्ठा मात्रै सिमेन्ट हालेर ढलान गरेको खण्डमा त्यो निमार्णा धिन आयोजना कस्तो खालको बन्छ । के त्यसमाथि तपाईं हामीले हेरेरमात्र बस्ने भन्दा बस्नु हुदैन ।
त्यस्ता किसिमका गुणस्तरहिन कामका बिरुद्ध आवाज तपाईंले उठाउनुपर्छ किनकि त्यहाँ त तपाईंको पनि सहभागीता छ त्यसलाई गुणस्तरीय बनाउने जिम्मेवारी तपाईंको पनि हो । भ्रष्टाचार कुनै पनि ब्यक्तिले एक्लै गर्दैन त्यसमध्ये तपाईं पनि एक हो । त्यसकारण तपाईं हामी मात्र सचेत भयौं भने भ्रष्टाचार सजिलै रोकिन्छ ।
कसैलाई अकुत सम्पत्तिको मालिक बनाउन तपाईं हाम्रो भुमिका उतिकै छ किनकि हामी प्रश्न गर्दैनौं हामीले हाम्रो कर्तव्य ठान्दैनौ जसका कारण भ्रष्टाचार दिनानुदिन बढिरहेको छ ।
समाजका हरेक मानिस जिम्मेवार र कर्तव्य निष्ट हुने हो भने भ्रष्टाचार सजिलैसँग नियन्त्रण हुन्छ । त्यसका लागि तपाईं पनि इमानदार म पनि इमानदार । तपाईंले पनि प्रश्न गर्ने मलै पनि प्रश्न गर्ने हिक्मत गर्नैपर्छ । जसका कारण भ्रष्टाचार नियन्त्रण हुनासक्छ ।
बिना स्रोतको सम्पत्ति तपाईंको घरमा या मेरो घरमा कसरी आयो कहाँबाट आयो । खोजि हुनुपर्छ यदि बिना स्रोतको सम्पत्तिको तपाईं मालिक हो भने कित तपाईंले चोरेर ल्याएको हो । कित तपाईंले भ्रष्टाचार गरेको हो भन्ने आँट हामीमा हुनुपर्छ । हरेक नागरिक जिम्मेवार र कर्तव्यनिष्ट भएको दिन हामीले भ्रष्टाचारलाई सजिलै रोक्ना सक्छौ ।